रौतहटमा विवाहित महिला फरार प्रकरण—तत्मा समाज सक्रिय, परिवार न्यायका लागि चिन्तित – पूर्व राष्ट्रिय अध्यक्ष राज कुमार दास

प्रदीप कुमार दास,रौतहट ।

मंसिर ०४ गते, विहिबार ।

रौतहट जिल्लामा कटहरिया–१ का वडा सदस्य सतलाल दाससँग विवाहित महिला सुष्मिता दास फरार भएको घटनाले स्थानीय समुदायदेखि जातीय संगठनसम्मको ध्यान खिचिरहेको छ। घटनालाई सामाजिक सञ्जालमा विस्तृत रूपमा प्रस्तुत गरिएपछि राष्ट्रिय तत्मा समाज नेपालले घटनास्थलमै पुगेर सत्य–तथ्य संकलन गर्दै छानबिन अघि बढाएको छ।

घटना सार्वजनिक भएपछि राष्ट्रिय तत्मा समाज नेपालका पूर्व केन्द्रीय अध्यक्ष राजकुमार दास, केन्द्रीय महासचिव शंकर दास तत्मा, सल्लाहकार मदन दास, जिल्ला अध्यक्ष रामबाबु दास, लोसपा नेता तथा कटहरिया नगर प्रमुखका प्रत्यासी रामप्रवेश दाससहित विभिन्न प्रतिनिधिहरू पीडित परिवारको घर पुगेर अवस्था बुझेका थिए।

जिल्ला अध्यक्ष दासले भने,

“दोषी जो कोही भए पनि कानूनी कारबाही हुनुपर्छ र निर्दोषले न्याय पाउनै पर्छ।”

बुवाको गुनासो—“छोरीलाई ललाई–फकाई भगाइयो”

तत्मा समाजको टोली सुष्मिता दासको माइती कनकपुर पुगेपछि उनका बुवा सोभिलाल दासले घटनाबारे जानकारी दिएका थिए। उनका अनुसार सुष्मिताको विवाह २०७२ जेठ २५ गते कृष्णनन्दन दाससँग भएको थियो।

पहिलो वर्षहरू परिवार सामान्य रूपमा चलिरहेको थियो। तर पछि सुष्मितालाई २०८०/०८१ को बजेट अन्तर्गत उपभोक्ता समिति सचिव बनाइएपछि वडा सदस्य सतलाल दासले कार्यालयका नाममा निरन्तर घर बाहिर लैजाने–ल्याउने गरे, जसै क्रममा दुवैको सम्बन्ध बढ्दै गएको परिवारले दाबी गरेको छ।

सोभिलाल दास भन्छन्—

“छोरीलाई ललाइफकाई बाहिर राख्दै आएको रहेछ। तीन नातिको पालनपोषणसमेत अन्योलमा परेको छ।”

उनीहरूका अनुसार सतलाल दासले नगर प्रमुख अजय प्रकाश जैसवालको संरक्षणमा यस प्रकारका गतिविधि गर्दै आएको आरोप समुदायले पनि लगाउँदै आएको छ।

विदेशमा रहेका श्रीमानको १२ लाख नगद र गरगहना लिएर फरार

तीन छोराका पिता कृष्णनन्दन दास केही वर्षदेखि विदेशमा श्रम गरी परिवार पाल्दै आएका थिए।

परिवारका अनुसार सुष्मिताले श्रीमानले पठाएको १२ लाख रुपैयाँ र करिब ३ लाख रुपैयाँ बराबरका गरगहना लिएर सतलालसँग फरार भएकी हुन्।

यति मात्र होइन, उनकै नामका करिब पाँच कठ्ठा जग्गा बैंकमा धितो राखेर रकम पनि निकालिएको कुरा बाहिरिएको छ।

पीडितकी आमा घुनिया देवी भन्छिन्—

“छोरो विदेशमा पसिना बगाएर पठाएको सबै पैसा र गरगहना लिएर बुहारी भागिन्। अब तीन साना नातिको भविष्य कसले हेर्छ?”

घुनिया देवीका अनुसार मेयर अजय प्रकाश जैसवाल घटना स्थलमै आएर

“सम्पत्तिको आधा हिस्सा बुहारीलाई र आधा तीनै छोरालाई दिने” सुझाब राखेपछि विवाद झन् बढेको थियो।

परिवारले मेयर नै अघि सरिकन वडा सदस्य सतलाल दासलाई जमानतमा छोडिदिएको आरोप पनि लगाएको छ।

समुदायका केही व्यक्तिसहित घुनिया देवी बारा–निजगढ पुगेपछि सुष्मिता र सतलाल एकै कोठामा बसेको अवस्थामा भेटिएको बताइएको छ।

उनीहरूलाई तत्कालय प्रहरीलाई खबर गरी इलाका प्रहरी कार्यालय गरुडा हुँदै जिल्ला प्रहरी कार्यालय रौतहटमा बुझाइएको पीडित परिवारले जनाएको छ।

सुष्मिताका तीन छोरा—कार्तिक, सागर र कृताल, र सतलाल दासका छोरा–छोरी रहेका कारण दुवै परिवार र स्थानीय समाज नै स्तब्ध बनेको छ।

एकतर्फ तीन बालबच्चाको भविष्य अनिश्चित बनेको छ भने अर्कोतर्फ निर्वाचित जनप्रतिनिधिद्वारा यस्तो कुकृत्य गरिनुले स्थानीयमा आक्रोश बढेको छ।

ताजा समाचार

Related Articles