नुवाकोट। नुवाकोटको पञ्चकन्या गाउँपालिका ३ तीनघरेमा एक वृद्धाको हत्याको भएको छ ।
करिब दश वर्षदेखि एक्लै बस्दै आएकी ती ७१ वर्षीया नुरकुमारी थापाको हत्या भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं डिएसपी खगेन्द्रबहादुर खड्काले बताए ।
गाउँका मान्छेले काम गर्ने सिलसिलामा छिमेकीले मृत्यु भएको देखेपछि प्रहरीलाई खबर गरेका थिए । उनी एकल महिला समेत हुन् । उनको घर बस्तीभन्दा तल एकान्तमा छ ।
प्रहरीका अनुसार उनका छोरा काठमाडौं बस्दै आएका छन् । उनको हत्या सम्बन्धमा अनुसन्धान भइरहेको छ ।