रास्वपाले पनि पठायो जाजरकोटमा चिकित्सकको २ टोली

काठमाडौं । जाजरकोट भूकम्प पीडितको उद्धार, उपचार र राहतका लागि राष्ट्रिय स्वतन्त्र पार्टीले टोली परिचालन गरेको छ ।

भूकम्प पीडितको उद्धारका लागि कर्णाली प्रदेशका सभापति र महामन्त्रीसहितको टोली जाजरकोट गएको छ । त्यस्तै केन्द्रीय महामन्त्री डा. मुकुल ढकाल र डा. तोसिमा कार्कीसहित चिकित्सकहरुको दुईवटा टोली उपचारका लागि जाजरकोट तर्फ गएको सहमहामन्त्री कविन्द्र बुर्लाकोटीले जानकारी दिए ।

उनका अनुसार केन्द्रीय सदस्य दीपक बोहराको टोली राहत सामग्री संकलन गरेर जाजरकोटतर्फ गएको छ ।

ताजा समाचार

Related Articles