भाइटीकाको उत्तम साइत १०ः५१ बजे

काठमाडौं । तिहार हिन्दु धर्मावलम्बीहरूको दसैँ पछिको सबैभन्दा ठूलो पर्व हो।

यसवर्ष तिहारको भाइटीकाको उत्तम साइत भने कात्तिक २९ गते दिउँसो १०:५१ बजे परेको छ ।

नेपाल पाञ्चाङ्ग निर्णायाक विकास समितिका कार्यकारी निर्देशकले सोमबार एक विज्ञप्ति जारी गरेर भाइटीकाको शुभ साइतबारे जानकारी दिएका हुन् ।

हिन्दु धर्माबलम्बीमा तिहारको भाइटीकाको दिन दिदी बहिनीले दाजुभाइलाई टीका लगाइदिएर दीर्घायुको कामना गर्ने प्रचलन छ ।

टीका लगाउन साइत हेर्ने चलन भएपनि साइतमा टीका लगाउन नभ्याउनेहरुले साँझसम्म लगाउने प्रचलन पनि रहेको छ ।

ताजा समाचार

Related Articles