अनलाइनमार्फत ‘उपहार पठाएको छु’ भनेर ठग्ने युवती पक्राउ

काठमाडौं। अनलाइनमार्फत ‘उपहार पठाएको छु’ भनेर ठगेको आरोपमा एक जना युवती पक्राउ परेकी छन् । उपत्यका अपराध अनुसन्धान कार्यालयले उनलाई काठमाडौंबाट नियन्त्रणमा लिएको हो ।

पक्राउ पर्नेमा सप्तरीको कञ्चनपुर नगरपालिका घर भएर ललितपुर बस्ने सुजता चौधरी छिन् ।

विदेशी नागरिकको नाममा फेसबुक आइडी बनाएर सुजताले आईफोन, घडी र सुनका गहना उपहार पठाएको छु भन्दै ठग्ने गरेको प्रहरीले जनाएको छ ।

कुरियरमार्फत सामान पठाएको बहाना बनाएर चौधरीले एयरपोर्टमा सामान आइपुगेको भन्दै ‘कस्टम चार्ज’ र ‘डेलिभरी चार्ज’ मागेर ठग्ने गरेको प्रहरीको अनुसन्धानबाट खुलेको हो । हालसम्म उनले १ लाख ३५ हजार ठगेको उजुरी प्रहरीमा परेको छ ।

ताजा समाचार

Related Articles