राष्ट्रियसभाको १९ सिटमा सत्ता गठबन्धनमा भएको भागबण्डामा जसपाले मधेशको एक सिट पाएको छ । आइतबार बसेको जसपा कार्यकारिणी समितिको बैठकले रौतहटकी पूजा चौधरीलाई उम्मेदवार बनाउने निर्णय गरेको हो ।चौधरी २०७९ मा भएको प्रदेशसभा निर्वाचनमा रौतहट ३ (क) बाट पराजित हुनु भएको थियो।