रौतहटको चन्द्रपुरमा वृहत वृक्षारोपण कार्यक्रम सम्पन्न

रानी साह , रौतहट ।

असोज ०४ गते , शुक्रबार ।

रौतहट जिल्लाको चन्द्रपुर नगरपालिका वडा नं. ८ र ९ को मर्धरमा ९ औं संविधान दिवसको अवसरमा नेपाली सेना श्री बिरदल गण र चाँदी सामुदायिक वन व्यवस्थापन समितिको संयुक्त आयोजनामा वृहत वृक्षारोपण कार्यक्रम सम्पन्न भएको छ।

कार्यक्रममा जिल्लाका सरकारी कार्यालयका प्रमुख, प्रतिनिधिसभाका सांसद माननीय देवप्रसाद तिमल्सिना, मधेस प्रदेश सरकारका पूर्व मन्त्री माननीय युवराज भट्टराई लगायत राजेन्द्र मणि गिरि,म.से. सुशील कुमार थापा ,प्र.से. किशोर अधिकार ,जनक बहादुर थापा ,स.से कृष्ण बहादुर ,नेपाली संघसंस्था ,डिभिजन वन कार्यलय,नेपाल सशस्त्र प्रहरी बल,नेपाल प्रहरी ,नेपाल ट्राफिक प्रहरी ,चन्द्रपुर नपा ८ र ९,

नेपाल राष्ट्रिय भूपू सैनिक संगठन ,एकीकृत बचत तथा ऋण सकोस,बालनिकेतन बोर्डिङ स्कुल ,मून लाइट एकेडेमी ,होलि भिजन एकेडेमी ,जन जागृती मावि तथा RDC नेपाल लगायत विभिन्न स्कुलका प्रधानाध्यापकहरु, विद्यार्थीहरु,सामाजिक अभियन्ता, बुद्धिजीवीहरू, पत्रकारहर लगायत सुरक्षा निकायका प्रतिनिधिहरूको कार्यक्रममा बाक्लो उपस्थित रहेको थियो ।

कार्यक्रमले पर्यावरण संरक्षणमा जनचेतना फैलाउने उद्देश्य राखेको थियो। यस अवसरमा वक्ताहरूले वृक्षारोपणले प्राकृतिक सन्तुलन कायम गर्न र वातावरणीय समस्या समाधान गर्न महत्वपूर्ण योगदान पुर्याउने बताए। नेपाली सेनाका प्रतिनिधिहरूले भने, “पर्यावरण संरक्षण हाम्रो साझा जिम्मेवारी हो। वृक्षारोपण जस्ता कार्यक्रमहरूले यस जिम्मेवारीलाई अझ प्रभावकारी बनाउन मद्दत गर्छ।”

वृक्षारोपण कार्यक्रममा सहभागीहरूले चाँदी सामुदायिक वनको विभिन्न क्षेत्रमा विभिन्न प्रजातिका बिरुवाहरू रोपेका थिए। सहभागीहरूले यस अवसरमा संरक्षण र व्यवस्थापनमा ध्यान दिनुपर्ने भन्दै आगामी दिनमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिनुपर्ने आवश्यकता औंल्याए।

यस कार्यक्रमले चन्द्रपुर नगरवासीहरूलाई आफ्नो वरिपरिका वन र पर्यावरण संरक्षणमा लाग्न प्रोत्साहित गरेको छ। भविष्यमा यसप्रकारका कार्यक्रमहरू निरन्तर आयोजना गर्दै वातावरणीय सन्तुलन कायम राख्न महत्वपूर्ण योगदान पुर्याउने विश्वास लिइएको छ।

ताजा समाचार

Related Articles