जग्गा दान बारे आलोचना भए पछि ओलिले बिषयान्तर गर्न रबिलाइ पक्राउ गरे: माधब सापकोटा

रानी साह

रौतहत ,कात्तिक ७, प्रमुख प्रतिपक्षी दल नेकपा माओबादी केन्द्रका नेता माधब सापकोटा ले जग्गा दान बारे आलोचना भए पछि सो बिसयलाइ बिषयान्तर गर्न हतारियर रास्ट्रीय स्वतन्त्र पार्टीका सभापती रबि लामिछानेलाइ पक्राउ गरेको बताएका छ्न ।मंगलबार रिपोर्ट्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै उनले येस्तो बताएका हुन ।काङ्रेसका उपसभापति धनराज गुरुङ्ग र एमाले नेता रिशिकेश खनालको प्रमाण मिडियामा छ्यापछ्याप्ति आइसकेको छ, उनिहरुको त रबि जि को भन्दा पनि बढि प्रमाण छ , धनराजले त अहिलेका दानबिर मिन बहादुर सङ्गै सापटि लियेर तिरेको साबिति बयान दिएका छ्न तर उनिहरुलाइ बचाएर रबिजिलाइ मात्रै किन पक्राउ गरियो त? येस्ले के देखाउछ भने आफ्ना जतिलाइ जोगाउने र संरक्षण गर्ने, आफुलाइ पालनपोषण गर्ने, चन्दा दिने, दान , भेटि दिने हरुको संरक्षण गर्ने र आफ्ना बिरुद्दमा जानेहरुलाइ समातेर थुन्ने ओलि सरकार निरङ्कुशता तर्फ जादैछ ।उनले ओलि सरकार लाइ इतिहासकै सबै भन्दा आलोचित, बिबादित र भष्मासुरको संज्ञा दिएका छ्न ।एमाले कै नेताहरुले किर्तिपुरमा बन्न लागेको मिन भवन बारे बोल्दा स्पस्टिकरण सोधिएको भन्दै ओलिको आलोचना समेत गरे ।

ताजा समाचार

Related Articles