रौतहटको भेल्ही गाउँमा ९८ दलित परिवारलाई न्यानो कपडा वितरण

प्रदीप दास, रौतहट ।

मङ्सीर ०९ गते , आईतवार ।

रौतहट जिल्लाको माधवनारायण नगरपालिका–३ भेल्ही गाउँमा ९० दलित घरपरिवारलाई न्यानो कपडा वितरण गरिएको छ। समुदाय दलित विकास केन्द्र नेपालका अध्यक्ष सुबा साहेब पासवान र काठमाडौँ निवासी लोकप्रिय समाजसेवी प्रेमबहादुर लाम्सालको निजी लगानीमा आयोजित यस सहयोग कार्यक्रमले जाडो मौसममा चिसोबाट बच्न कठिनाइ भोगिरहेका दलित, भूमिहीन, सुकुम्बासी, अति गरीब, शोषित, पीडित, एकल महिला लगायत स्थानीय समुदायलाई लक्षित गरेको थियो।

कार्यक्रम समुदाय दलित विकास केन्द्र नेपालको आयोजनामा सम्पन्न भएको थियो। यस संस्थाका अध्यक्ष सुबा साहेब पासवानले बिशेष पहल गरी कपडा वितरणको व्यवस्थापन गरेका थिए। समाजसेवी प्रेमबहादुर लाम्सालको आर्थिक सहयोगमा स्थानीय लगभग ९० भन्दा बढी घरधुरीलाई कपडा उपलब्ध गराइएको हो।

भेल्ही टोलका हरवाचरवा दलित परिवारहरूसँगै अन्य विपन्न वर्गका मानिसहरूले पनि यो सहयोगबाट प्रत्यक्ष लाभ पाएका छन्। कपडा वितरण कार्यक्रममार्फत समुदायमा आत्मीयता र सहयोगको भावना प्रवर्द्धन गर्दै चिसोको सामना गर्न सहजता प्रदान गरिएको छ।

कार्यक्रममा स्थानीय भद्रभलादमी, बुद्धिजीवी र विभिन्न मिडियाका पत्रकारहरूको उपस्थितिले थप महत्व थपेको थियो। यस अवसरमा अध्यक्ष पासवानले सहयोगदाताहरू र स्वयंसेवकहरूको योगदानप्रति हृदयदेखि धन्यवाद व्यक्त गरे। उनले प्रेमबहादुर लाम्सालजस्ता सामाजिक सेवामा समर्पित व्यक्तित्वहरूको सहयोगले समाजको हरेक कुनामा सकारात्मक प्रभाव पार्ने विश्वास व्यक्त गरे।

रौतहट जिल्लाका ग्रामीण बस्तीमा प्रायः जाडो मौसममा न्यूनतम सुविधाहरूको अभावका कारण गरिब वर्गले कठिनाइ झेल्दै आएका छन्। यस्ता सहयोगी कार्यक्रमहरूले उनीहरूको जीवनमा आशा र राहतका किरणहरू फैलाउँदै आएको छ। कपडा वितरण कार्यक्रममा सहभागी भएकाहरूले सहयोगदाताप्रति आभार व्यक्त गर्दै आगामी दिनमा पनि यस्ता सामाजिक कार्यहरू जारी रहोस् भन्ने आशा व्यक्त गरेका छन्।

समाजसेवी प्रेमबहादुर लाम्साल र समुदाय दलित विकास केन्द्र नेपालको सहकार्यमा भएको यस कपडा वितरण कार्यक्रमले विपन्न वर्गको जीवनमा राहत पुर्‍याएको छ। सामाजिक सेवाको यो प्रयासले न्यानो कपडाका माध्यमबाट मात्र नभई मानिसहरूको मनमा आत्मीयताको न्यानो छाप समेत छोडेको छ।

ताजा समाचार

Related Articles