रौतहटमा उखु महाप्रबन्धकलाई मोटरसाइकल उपहार, चिनी मिलको उत्कृष्ट उपलब्धि

रामानन्द साह, रौतहट।

मङ्सीर ११ गते , मंगलबार ।

रौतहटको कटहरिया नगरपालिका–९ डुमरिया स्थित श्री बाबा बैजुनाथ सुगर एण्ड केमिकल्स इन्डष्ट्रिज प्रालिले आफ्नो क्रसिङ सिजन ०८०/०८१ मा साढे १२ लाख क्विन्टल उखु प्रशोधन गर्न सफल भएको छ। 

यस ऐतिहासिक उपलब्धिको अवसरमा मिलले उखु महाप्रबन्धक सियाराम साहलाई सराहनीय योगदानका लागि सम्मानस्वरूप टिभिएस कम्पनीको मोटरसाइकल उपहार स्वरूप प्रदान गरेको छ।

चिनी मिलका प्रबन्ध/निर्देशक बैंजु बाबराले २ लाख ४१ हजार मुल्य बराबरको उक्त मोटरसाइकल महाप्रबन्धक साहलाई साँचोसहित हस्तान्तरण गरेका हुन्। 

कार्यक्रमलाई सम्बोधन गर्दै निर्देशक बाबराले अन्य कर्मचारीहरूलाई पनि उत्कृष्ट कार्यका लागि प्रोत्साहनस्वरूप भविष्यमा यस्तै सम्मान तथा प्रोत्साहन भत्ता प्रदान गर्ने प्रतिबद्धता व्यक्त गरे।

कार्यक्रममा चिनी मिलका विभिन्न शाखाका कर्मचारी, इन्जिनियर, स्थानीय भद्रभलाद्मी, बुद्धिजीवी, शुभेच्छुक तथा सञ्चारकर्मीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

ताजा समाचार

Related Articles