बझाङमा गएको भूकम्पका कारण १३ जना घाइते

काठमाडौं । बझाङमा गएको भूकम्पका कारण १३ जना घाइते भएका छन् ।

जिल्लाका विभिन्न स्थानीय तहमा गरी १३ जना घाइते भएको विवरण आएको जिल्ला प्रहरी कार्यालयले बताएको छ ।

उनीहरुको अवस्था सामान्य रहेको र स्थानीय स्वास्थ्य संस्थाहरुमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

भूकम्पका कारण जिल्लाका २० भन्दा बढी संरचना भत्किएका छन् । बझाङलाई केन्द्रविन्दु बनाएर मंगलबार दिउँसो ६.३ रेक्टर स्केलको भूकम्प गएको थियो ।

ताजा समाचार

Related Articles