काठमाडौं । नेपाली सुगमसंगीतकी चर्चित गायिका दिलमाया खातीको ८४ वर्षको उमेरमा निधन भएको छ । दमबाट पीडित खातीको गएराति निधन भएको हो ।
दार्जिलिङमा जन्मिएकी उनले ‘बिछोडको पीडा नसकी खप्न दशैंको बेलामा,’ ‘सम्झेर बुझेर दिइहाल त्यो जोवन,’ ‘खोलाको दुई किनार भो तिम्रो र मेरो पिरती’ लगायतका गीत गाएकी छन् ।