एसियाली विकास बैंकका पूर्वअध्यक्षले भेटे प्रधानमन्त्री

काठमाडौं । एसियाली विकास बैंकका पूर्वअध्यक्ष हारुहिको कुरोदाले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भेट गरेका छन् । पाँचदिने भ्रमणमा रहेका कुरोदाले कार्बन उत्सर्जनको क्षेत्रबाट नेपालले विशेष लाभ लिनसक्ने बताए ।

जापानको केन्द्रीय बैंकका गभर्नरसमेत रहिसकेका कुरोदाले पर्यावरण जोगाउन नेपालले खेलेको भूमिका प्रशंसनीय रहेको यस कार्यमा सघाउन जापान तयार रहेको जानकारी गराए ।

सो अवसरमा प्रधानमन्त्री प्रचण्डले वित्तीय सुधारका लागि वर्तमान सरकार क्रियाशील रहेको भन्दै जापान–नेपालको पुरानो सम्बन्ध नेपाल र नेपालीको समृद्धिका लागि थप उपयोग गर्नुपर्ने खाँचो औंल्याए ।

ताजा समाचार

Related Articles