योगेश भट्टराईको आरोप- इजरायलमा रहेका नेपालीहरूको उद्धारमा प्रचण्ड सरकारले तदारुकता देखाएन

काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा एमालेका नेता योगेश भट्टराईले इजरायलमा रहेका नेपालीहरूको उद्धारमा सरकार तदारुकता देखाउन नसकेको आरोप लगाएका छन् ।

तत्कालीन समयमा केपी शर्मा ओली नेतृत्वको सरकारले अफगानिस्तान जस्तो देशबाट सहजै नागरिकको उद्धार गरेको स्मरण गर्दै उनले कूटनीतिक सम्बन्ध अत्यन्तै राम्रो भएको इजरायलमा फसेका नेपालीहरूको उद्धार हुन नसकेकाे दाबी गरे ।

भट्टराईले भने, ‘आपत्कालीन अवस्थामा रहेका नागरिकलाई तत्काल उद्धार गर्नुपर्ने पर्ने थियो । सरकारले गर्न सकिरहेको छैन । तत्कालीन समयमा केपी शर्मा ओली नेतृत्वको सरकारले अफगानिस्तान जस्तो ठाउँबाट सहजै उद्धार गरेको थियो । इजरायल त दक्षिण एसियापछि सबैभन्दा राम्रो कूटनीतिक सम्बन्ध भएको देश हो । त्यहाँबाट नागरिकहरूलाई उद्धार गर्न सकेको छैन ।’

ताजा समाचार

Related Articles