सिंहदरबारबाट कृष्ण पहाडी सहितका अधिकारकर्मी पक्राउ

काठमाडौं । सिंहदरबारमा प्रदर्शन गर्ने मानवअधिकार तथा शान्ति समाजका संस्थापक अध्यक्ष कृष्ण पहाडी सहितका अधिकारीकर्मीलाई प्रहरीले पक्राउ गरेको छ । उनीहरुले निषेधित क्षेत्र तोडेको भन्दै प्रहरीले पक्राउ गरेको हो ।

विस्तृत शान्ति सम्झौताको मर्म अनुरुप पीडितलाई न्याय र पीडकलाई सजाय सुनिश्चित गर्नुपर्ने माग राखेर समाजले सिंहदरबारको दक्षिण गेटमा प्रदर्शन गरेको थियो ।

प्रदर्शनमा समाजका संस्थापक कृष्ण पहाडी सहितका अधिकारकर्मी सहभागी थिए । समाजले १६ जना अधिकारकर्मी पक्राउ परेको जनाएको छ ।

ताजा समाचार

Related Articles