काठमाडौं । कोशी प्रदेशको नयाँ मुख्यमन्त्रीमा शनिबार कांग्रेस नेता केदार कार्की नियुक्त भएपछि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र कांग्रेसका अर्का नेता डा.शेखर कोइरालाबीच हालको गठबन्धन कायम राख्ने लिखित सहमति भएको छ ।
आज बिहान बालुवाटारमा यस्तो सहमति भएको हो । प्रधानमन्त्री प्रचण्डको उपस्थितिमा कांग्रेस सभापति र नेता कोइरालाले यस्तो गठबन्धन दायाँबायाँ नहुने लिखित कबुलियतनामा गरेका हुन् ।