उद्धव थापा भन्छन्- ८ भाइ युद्ध जितेर माला लाएर घर आए, हामीले गाला जोडिसक्यौं

विराटनगर । सत्तारुढ नेपाली कांग्रेस संसदीय दलका नेता उद्धव थापाले कोशी प्रदेश सरकारको मुख्यमन्त्री बनाउने म्युजिकल चेयरको खेल सकिएको टिप्पणी गरेका छन् ।

केदार कार्कीको विश्वासको मतसम्बन्धी प्रस्तावमाथि भनाइ राख्दै उनले कांग्रेसका ८ भाइ सांसदहरूले मुख्यमन्त्री बन्न झगडा गरेको बताए । मुख्यमन्त्री बन्न झगडा गरेर कुण्ठा पोखेको र युद्धमा गएको भन्दै उनले युद्ध जितेर घर आएकाले गला मिलाएको टिप्पणी गरे ।

थापाले भने, ‘युद्धमा गएका साथीहरू जितेर माला लाएर फर्किसक्नु भो त्यसैले हामीले गलामात्र नभएर गाला पनि मिलाइ सक्यौं ।’

उनले गाला जोडाउने कला एमालेसँग सिकेको बताए । एमालेसहितको समर्थनमा मुख्यमन्त्री बनेकाले अब सबै मिलेर प्रदेशलाई प्रगतिको बाटोमा लैजानुपर्ने उनको भनाइ थियो ।

ताजा समाचार

Related Articles