काठमाडौं । कोशी प्रदेशका नवनियुक्त मुख्यमन्त्री केदार कार्कीलाई नेपाली कांग्रेसले पनि विश्वासको मत दिने भएको छ ।
मुख्यमन्त्री कार्कीले आज (बुधबार) विश्वासको मत लिंदै छन् । आज दिउँसो १ बजे बस्ने प्रदेशसभा बैठकबाट मुख्यमन्त्री कार्कीले विश्वासको मत लिन लागेका हुन् ।
सो क्रममा पार्टीबाट निर्वाचित सांसदले पनि विश्वासको मत दिने निर्णय भएको नेपाली कांग्रेस कोशीका महामन्त्री तथा प्रदेश सांसद भूपेन्द्र राईले जानकारी दिए ।
मंगलबार (हिजो) बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकले बुधबारको कार्यसूचीमा मुख्यमन्त्री कार्कीले विश्वासको मत लिने कार्यसूची तय गरेको छ ।
संविधानको धारा १६८ को उपधारा ५ बमोजिम नेपाली कांग्रेसको शेखर कोइराला समूहका कार्की नेकपा एमालेका प्रदेश सभा सदस्यहरुको समर्थनमा मुख्यमन्त्री नियुक्त भएका थिए ।