करेन्ट लागेर काठमाडौंमा १९ वर्षीय युवकको मृत्यु

काठमाडौँ। काठमाडौंको गोकर्णेश्वरमा करेन्ट लागेर एक युवकको ज्यान गएको छ।

गोकर्णेश्‍वर नगरपालिका-६ मा स्मृति लामिछानेले सञ्चालन गरेको शिव सिद्धी इन्टरप्राइजेजमा कार्यरत एक युवकको करेन्ट लागेर मृत्यु भएको प्रहरीले जनाएको छ।

मोटरसाइकल सफा गर्ने क्रममा करेन्ट लागेर सिन्धुली घर भएका १९ वर्षीय अर्जुन तामाङको मृत्यु भएको हो।

करेन्ट लागेर गम्भीर घाइते भएका तामाङलाई उपचारको लागि अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ।

ताजा समाचार

Related Articles