काठमाडौं आइपुग्यो इजरायलमा मारिएका नेपालीको शव

काठमाडौं। इजरायलमा मारिएकामध्ये चार जनाको शव आज काठमाडौं आइपुगेको छ। पहिलो चरणमा आज बिहान दीपेशराज विष्टको शव काठमाडौं ल्याइएको हाे ।

शव नेपाली सेनाको ब्यारेकमा लगिएको छ । परराष्ट्र मन्त्री एनपी साउद पनि नेपाली सेनाको ब्यारेकमा पुगेका छन् ।

पहिलो चरणमा दीपेशराज विष्ट, लोकेन्द्रसिंह धामी, नारायणप्रसाद न्यौपाने र आशिष चौधरीको शव नेपाल पठाइएको इजरायलस्थित नेपाली दूतावासले जनाएको छ । केही शव दिउँसो आइपुग्ने छ ।

अन्य ६ जना नेपालीको शव पठाउने प्रक्रिया पूरा गर्न भने केही दिन लाग्ने दूतावासले जनाएको छ ।

ताजा समाचार

Related Articles