धादिङ केन्द्रविन्दू भएर लगातार दुई परकम्प

काठमाडौं । धादिङको खरी आसपास केन्द्रविन्दु भएर आइतबार साँझ लगातार दुई परकम्प गएको छ ।

राष्ट्रिय भूकम्पमापन केन्द्रका अनुसार ५ बजेर ३१ मिनेट जाँदा ५ म्याग्निच्युडको भूकम्प गएको हो भने सोही क्षेत्र आसपास भएर ५ बजेर ३३ मिनेट जाँदा ५.१ म्याग्निच्युडको भूकम्प गएको हो ।

आज बिहान शक्तिशाली भूकम्प गएयता लगातार परकम्पहरु गइरहेका छन् । आज बिहान ७ बजेर ३९ मिनेट जाँदा धादिङको खरी आसपास केन्द्रविन्दु भएर ६.१ म्याग्निच्युडको भूकम्प गएको थियो ।

ताजा समाचार

Related Articles