धादिङ भूकम्प : घरको छतबाट हामफाल्दा गोरखामा एक महिला घाइते

उनको ढाड र बायाँ खुट्टामा चोट लागेको प्रहरी निरीक्षक शेखर खड्काले जानकारी दिए । गोरखा अस्पतालमा सामान्य उपचार पश्चात उनलाई थप उपचारका लागि चितवनको पुरानो मेडिकल कलेज रिफर गरिएको उनले जानकारी दिए । भूकम्पका कारण भिमसेन थापा गाउँपालिकाको बोर्लाङमा केही घरहरुमा सामान्य क्षति भएको गोरखा प्रहरीले जनाएको छ ।

आज बिहान ७ बजेर ३९ मिनेटमा धादिङको खरी आसपास केन्द्रविन्दु भएर ६.१ रेक्टर स्केलको भूकम्प गएको थियो । भूकम्पको धक्का काठमाडौं उपत्यकाका साथै गोरखा, नुवाकोट, मकवानपुर, चितवन लगायतका जिल्लामा समेत महसुस भएको थियो ।

ताजा समाचार

Related Articles