काभ्रेमा पिङ हाल्ने क्रममा रूखबाट खसेर एककाे मृत्यु

काठमाडौँ। काभ्रेमा पिङ हाल्न रूख चढ्ने क्रममा खसेर एकजनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय काभ्रेका अनुसार भुम्लु गाउँपालिका- ६ का ५० वर्षीय गणेश परियारको मृत्यु भएको हो ।

पिङको लठ्ठा बाँध्न बरको रूखमा चढ्ने क्रममा रूखबाट खसेर घाइते भएका परियारको उपचारका लागि धुलिखेल अस्पताल ल्याइएको थियाे ।

अस्पताल ल्याएकाे केही समयपछि उनकाे मृत्यु भएकाे प्रहरीले जनाएको छ।

मृतककाे पोस्टमार्टमपछि आफन्तले शव लगेका छन् ।

ताजा समाचार

Related Articles