काठमाडौं । अवैध लागुऔषधसहित ६ जनालाई नेपाल प्रहरीले पक्राउ गरेको छ।
प्रहरीले खैरो हेरोइनसहित तीन जना, ब्राउन सुगरसहित तीन जनालाई विभिन्न स्थानबाट पक्राउ परेको हो।
पक्राउ पर्नेमा कैलाली, धनगढी उपमहानगरपालिका-१२ जुगेडा बस्ने २८ वर्षीय राकेश भट्ट, सोही उपमहानगरपालिका-७ मनेहरा बस्ने ३४ वर्षीय अमिर खाती र २३ वर्षीय नरेश थापा रहेका छन् ।
अस्थायी प्रहरी पोस्ट जुगेडाबाट खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो।