मुसिकोटकोमा अटो दुर्घटना हुँदा ८ जना घाइते 

रूकुम पश्चिम । मुसिकोट नगरपालिका-४ बोहरागाउँमा अटो दुर्घटना भएको छ । उक्त अटो दुर्घटना हुँदा ८ जना घाइते भएका छन् । खलंगाबाट सोलावाङतर्फ जाँदै गरेको रा १ ह ७३०९ नम्बरको अटो दुर्घटना हुँदा ४ बालबालिकासहित ८ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयका सुचना अधिकारी धर्मेन्द्र खड्काका अनुसार घाइते हुनेमा मुसिकोट नगरपालिका-११ का ३० वर्षीय मञ्जु ओली, उनका छोरा ४ वर्षीय लक्की बुढा, सोही वडाका २५ वर्षीय कृष्ण बिक, २४ वर्षीया टीका ददेल, उनको १५ महिनाको छोरा नुवाक श्रीपाली, मुसिकोट-४ की अर्चना सन्यासी, उनका ४ वर्षीय छोरा डिसिजन खड्का र १७ महिनाकी छोरी बेनिका खड्का रहेका छन् ।

घाइते सबैको खलंगाको साझा मुराल अस्पतालमा उपचार भइरहेको सूचना अधिकारी खड्काले बताए । उनका अनुसार अटो चालक मुसिकोट ४ का ३३ वर्षीय मनिराम कामी र अटोलाई नियन्त्रणमा लिइएको छ ।

ताजा समाचार

Related Articles