हेटौँडामा जुवा खेल्दै गरेको अवस्थामा ९ जना पक्राउ

मकवानपुर । प्रहरीले हेटौँडामा जुवा खेल्दै गरेको अवस्थामा ९ जनालाई पक्राउ गरेको छ । हेटौँडामा एक व्यक्तिको घरबाट जुवा खेल्दै गरेको अवस्थामा साँढे ४ लाख बढी रकम सहित ९ जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

प्रहरीले हेटौँडा–७ स्थित देवी वन टोलमा रहेको गोकुलनाथ पौडेलको घरमा हार जित हुनेगरि तास खेल्ने समूह रहेको भन्ने सूचनाको आधारमा नगद सहित ९ जनालाई पक्राउ गरेको हो । उनीहरूबाट प्रहरीले ४ लाख ६५ हजार रुपैयाँ र ४ बुक ताससमेत बरामद गरिएको छ ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता लक्ष्मी भण्डारीका अनुसार पक्राउ पर्नेमा हेटौँडा–८ बस्ने अजय खड्का, मंदिप पौडेल, रोहित कुमार केबी, भरत तितुङ, हेटौँडा–७ बस्ने रुपक चौलागाई, वीरेन्द्र खत्री, गोकुल नाथ पौडेल, सबिन चौलागाई र हेटौँडा-१५ बस्ने ओम घलान रहेका छन् ।

ताजा समाचार

Related Articles