काठमाण्डाै । आईसीसी एकदिवसीय विश्वकप क्रिकेटमा अस्ट्रेलियाले न्युजिल्यान्डलाई जीतका लागि ३ सय ८९ रनकाे विशाल लक्ष्य दिएकाे छ ।
धर्मशालामा टस हारेर ब्याटिङकाे निम्ताे पाएकाे अस्ट्रेलिया ४९ ओभर २ बलमा ३ सय ८८ रनमा अलआउट भयाे । अस्ट्रेलियाका ट्राभिस हेडले विश्वकपकाे डेब्युमा शतक बनाए । उनी ६७ बलमा १ सय ९ रन बनाएर आउट भए । यस्तै डेभिड वार्नरले ८१, ग्लेन म्याक्सवेलले ४१, जाेश इङ्लिसले ३८ र कप्तान प्याट कमिन्सले ३७ रन जाेडे ।
बलिङतर्फ न्युजिल्यान्डका ट्रेन्ट बाेल्ट र ग्लेन फिलिप्सले समान ३ तथा मिचेल स्यान्टनरले २ विकेट लिए ।
न्युजिल्यान्ड ५ खेलमा ४ खेल जित्दै ८ अङ्कसहित तालिकाकाे तेस्राे स्थानमा छ । अस्ट्रेलिया उति नै खेलमा ३ खेल जित्दै ६ अङ्कसहित चाैथाे स्थानमा छ ।