आज दोस्रो खेलमा बंगलादेश र नेदरल्याण्ड्स भिड्दै

एजेन्सी। एकदिवसीय विश्वकपमा आज (शनिबार) दुई खेल हुँदैछन्। आजको दोस्रो खेल बंगलादेश र नेदरल्याण्ड्सबिच हुनेछ ।

यो खेल कोलकाताको इडेन गार्डेन स्टेडियममा दिउँसो २ः१५ बजेदेखि हुनेछ ।

यो विश्वकपमा दुवै टोलीको छैटौं खेल हुनेछ । दुई टोलीबीच अहिलेसम्म जम्मा २ एकदिवसीय खेलिएको छ । एक खेलमा नेदरल्यान्ड्स विजयी भएको थियो । प्रतियोगितामा भने बंगलादेश विजयी भएको थियो । यस विश्वकपमा बंगलादेशको प्रदर्शन राम्रो हुन सकेको छैन । प्रतियोगितामा बंगलादेशका लागि महमुदुल्लाह रियादले सर्वाधिक १९८ रन बनाएका छन् । बलिङमा कप्तान शकिब अल हसन सबैभन्दा अगाडि छन् । उनले १३ विकेट लिएका छन् ।

प्रतियोगितामा नेदरल्याण्ड्सका लागि सर्वाधिक रन बनाउने कोलिन एकरम्यान रहेका छन् । उनले अर्धशतकसहित १३७ बनाएका छन् । बास डी लिडे बलिङमा सर्वाधिक ९ विकेट लिने खेलाडी हुन्।

इडेन गार्डेनको पिच ब्याटिङ मैत्री छ । यस मैदानमा अहिलेसम्म ३१ एकदिवसीय खेलिएको छ । पहिलो इनिङ्समा ब्याटिङ गरेको टोलीले १८ खेल जितेको छ भने पछ्याउने टोलीले १२ खेल जितेको छ । एक खेलमा भने नतिजा आउन सकेन ।

ताजा समाचार

Related Articles