काठमाडौँ । सत्तारुढ नेपाली कांग्रेसले आयोजना गरेको शुभकामना तथा चियापान कार्यक्रममा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा नेताहरु सहभागी भएका छन् ।
उक्त कार्यक्रममा एमाले अध्यक्ष ओली, नेताहरु विष्णु पौडेल, विष्णु रिमाल, ईश्वर पोखरेल, रघुजी पन्त, छबिलाल विश्वकर्मा लगायतका नेताहरु सहभागी भएका हुन् ।
उनीहरुलाई कांग्रेस सभापति शेरबहादुर देउवा लगायतका नेताहरूले स्वागत गरेका छन् ।
अध्यक्ष ओली देउवासँग हात मिलाएर थोरै अनौपचारिक कुरा गरेर चियापानमा लागेका छन् ।
कांग्रेसले पार्टी केन्द्रीय कार्यालय सानेपामा बडादसैँ, तिहार, नेपाल संवत् र छठलगायतका पर्वका अवसरमा चियापान कार्यक्रमको आयोजना गरेको स्रोतले बतायो