१ लाखसहित १२ जुवाडे पक्राउ

काठमाडौँ । कैलालीको धनगढी उपमहानगरपालिका –१३ राजपुरबाट १२ जना जुवाडेलाई प्रहरीले पक्राउ गरेको छ । टहरामा जुवा खेलिरहेको अवस्थाबाट प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा सोही ठाउँका २८ वर्षीय योगेन्द्र महरा, ३२ वर्षीय रुपेन्द्र ओझा, ३१ वर्षीय कमल बडायक, ३३ वर्षीय राधेश्याम राना, ३३ वर्षीय सुवा राना, २६ वर्षीय भरत राना, ४३ वर्षीय रामनन्द राना, २९ वर्षीय शिवकुमार राना छन् ।

यसैगरी, २३ वर्षीय सुरेश राना, ४२ वर्षीय पिरागी राना र ४० वर्षीय नबोध झा पनि पक्राउ परेको प्रहरीले जनाएको छ । सुदूरपश्चिम प्रदेश प्रहरीको आरआइटी समूह र वडा प्रहरी कार्यालय धनगढीको टोलीले जुवा खेलिरहेको अवस्थाबाट उनीहरुलाई पक्राउ गरेको हो ।

पक्राउ परेका जुवाडेको साथबाट एक लाख एक हजार नगद रुपियाँ बरामद भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक कुलदीप चन्दले जानकारी दिए ।

ताजा समाचार

Related Articles