अफगानिस्तानको काबुलमा विष्फोट हुँदा दुईको मृत्यु, ९ घाइते

काठमाडौं । अफगानिस्तानको राजधानी काबुलको पुलिस डिस्ट्रिक्ट १८ मा भएको विष्फोटमा परेर दुईजनाको मृत्यु भएको छ भने नौजना घाइते भएका छन् ।

काबुलका प्रहरी प्रवक्ता खालिद जाद्रानले विष्फोट बजारी क्षेत्रमा भएको बताए । उनले विष्फोटको कारण अझै पत्ता लगाउन नसकिएको बताए । गत दुई साता यता सो क्षेत्रमा भएको यो दोस्रो विष्फोट हो ।

यसअघि पनि सो क्षेत्रमा एक पार्किङस्थलमा विष्फोट भएको थियो ।

ताजा समाचार

Related Articles