काठमाडौँ। ‘ई-सेवाको कर्मचारी हुँ’ भन्दै १५ लाख २० हजार ९ सय रूपैयाँ ठगी गर्ने पाँच जना पक्राउ परेका छन्।
विभिन्न मोबाइल नम्बरहरूबाट फोन सम्पर्क आइडी बैंक खातासँग लिंकअप तथा खाता नविकरण लगायतका सेवा उपलब्ध गराउने भन्दै झुक्याएर रकम ठगी गर्ने गरेको आरोपमा उनीहरूलाई प्रहरीले पक्राउ गरेको हो।
पक्राउ पर्नेमा रौतहत गौर नगरपालिका-५ का २६ वर्षीय नवनित कुमार कुशवाहा, सोही वडाका २१ वर्षीय कन्हैया कुमार कुशवाहा, रौतहट गढिमाई नगरपालिका-६ का १९ वर्षीय दिपेन्द्र कुमार यादव, गौर नगरपालिका-५ का २० वर्षीय अभय कुमार यादव र सोही वडाका २१ वर्षीय रितेश कुशवाहा छन् ।
उनीहरूलाई उपत्यका अपराध अनुसन्धान कार्यालयले कात्तिक ५ गते रौतहट विभिन्न ठाउँबाट पक्राउ गरी आज सार्वजनिक गरेको हो।
उनीहरूविरूद्ध १५ लाख २० हजार रूपैयाँ ९ सय रूपैयाँ ठगी गरेको भन्दै १८ जनाले उजुरी दिएको उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता एसपी रवीन्द्र रेग्मीले जानकारी दिए। ।
सोही उजुरीको आधारमा उनीहरूलाई पक्राउ गरिएको एसपी रेग्मीले बताए।