वीरगञ्ज। वीरगञ्जबाट कटुवा पेस्तोलसहित दुई जनालाई प्रहरीेले पक्राउ गरेको छ। कटुवा पेस्तोलसहित प्रहरीले वीरगञ्ज महानगरपालिका–२६ का २१ ब्र्षिय साहिल अन्सारी र सरफराज अन्सारीलाई पक्राउ गरेको हो।
वीरगञ्ज महानगरपालिका–२५ स्थित सडकखण्डमा सवारी साधनहरू चेकजाँच गर्ने क्रममा बा.४४ प ४९१३ नम्बरको मोटर साईकल चालक साहिलले पिठयुमा बोकेको झोलाबाट एक थान ग्रे रँगको अबैध कटुवा पेस्तोल प्रहरीले बरामद गरेको थियो।
उनको बयानका आधारमा पेस्तोल खरिद तथा ओसार पसारमा संलग्न वडा नम्बर २६ कै सरफराजलाई पनि पक्राउ गरिएको पर्साका प्रहरी प्रबक्ता डिएसपी कुमार बिक्रम थापाले जानकारी दिए।
पक्राउ परेका दुबैजनालाई हातहतियार सम्बन्धी कसूरमा थप अनुसन्धान तथा कारवाही भईरहेको उनले बताए।