सभामुख घिमिरेले राष्ट्रसंघका महासचिव गुटरेसले संसदलाई सम्बोधन गर्ने सूचना जानकारी गराए

काठमाडौँ । प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले संयुक्त राष्ट्रसंघका महासचिव एन्टेनियो गुटरेसले संघीय संसदको दुवै सदनलाई सम्बोधन गर्नेबारे जानकारी गराएका छन् ।

आज दिउँसो बसेको प्रतिनिधिसभा बैठकमा उनले सरकारबाट प्राप्त पत्रहरु बाचन गरेर सुनाउँदै महासचिवले सम्बोधन गर्नेबारे जानकारी गराएका हुन् । मन्त्रिपरिषद बैठकको कार्तिक २ गते गरेको निर्णयअनुसार महासचिव गुटरेसले कार्तिक १२ गतेदेखि १५ गतेसम्म नेपालको औपचारिक भ्रमण गर्न लागेको र कार्तिक १४ गते मंगलबार दिउँसो ४ बजे संसदको दुवै सदनलाई संवोधन गर्ने भनेर सरकारबाट पत्र प्राप्त भएको जानकारी गराएका हुन् ।

प्रतिनिधिसभा नियमावली २५१ मा कुनै विदेशी राष्ट्रको राष्ट्र प्रमुख, सरकार प्रमुख, सभामुख, अध्यक्ष वा संयुक्त राष्ट्रसंघका महासचिवले बैठकलाई सम्बोधन गर्ने व्यवस्थाका लागि सरकारले अनुरोध गरेमा सभामुखले अनुमति दिने सक्ने व्यवस्था रहेको छ ।

ताजा समाचार

Related Articles