कांग्रेसका संघीय सांसदले आधा महिनाको पारिश्रमिक भूकम्प पीडितलाई दिने

काठमाडौं । नेपाली कांग्रेसका संघीय सांसदले आधा महिनाको पारिश्रमिक भूकम्प पीडितका राहत स्वरुप सरकारलाई प्रदान गर्ने भएका छन् । संसदीय दल कार्यसमितिको बैठकले सो निर्णय गरेको हो ।

भूकम्प पीडितहरुको उद्धार, राहत र पुनर्स्थापनाका लागि संघीय सांसदले १५ दिन बराबरको पारिश्रमिक रकम सहयोग स्वरुप सरकारलाई उपलब्ध गराउने निर्णय गरिएको प्रमुख सचेतक रमेश लेखकले जानकारी दिए ।

कांग्रेसका प्रतिनिधि सभामा ८८ र राष्ट्रिय सभामा १० सांसद छन् । आधा महिनाको पारिश्रमिकको आधारमा करिब २७ लाख रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा हुने भएको छ ।

ताजा समाचार

Related Articles