भूकम्पबाट जाजरकोट र रुकुम पश्चिमका ७ हजार ६९० निजी घर भत्किए

काठमाडौं । शुक्रबार रातिको भूकम्पबाट जाजरकोट र रुकुम पश्चिममा मानवीय क्षतिसँगै साढै सात हजार भन्दा बढी निजी घरमा क्षति पुगेको प्रारिम्भ तथ्यांकले देखाएको छ ।

गृह मन्त्रालयका अनुसार पूर्ण तथा आंशिक गरेर दुई जिल्लामा ७ हजार ६९० घरमा क्षति पुगेको प्रारम्भिक तथ्यांकले देखाएको हो ।

भूकम्पबाट जाजरकोटमा तीन हजार ५९० घरमा पूर्ण तथा आंशिक क्षति भएको गृह मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार जाजरकोटमा ९०५ घर पूर्ण क्षति भएको र दुई हजार ६८५ घरमा आंशिक क्षति भएको छ।

त्यस्तै रूकुम पश्चिममा चार हजार १०० घरमध्ये दुइ हजार पूर्ण र दुई हजार १०० वटामा आंशिक क्षति भएको छ ।

ताजा समाचार

Related Articles