सरकारले भूकम्पपीडितलाई त्रिपाल, ब्ल्याङ्केट र स्लिपिङ्ग ब्याग पठायो

काठमाडौँ। नेपाल सरकारले जाजरकोट र रूकुम पश्चिमका भूकम्पपीडितका लागि आज राहत सामग्री पठाएको छ।

भूकम्प पीडितका लागि त्रिपाल, ब्ल्याङ्केट र स्लिपिङ्ग ब्याग पठाइएको गृह मन्त्रालयले जनाएको छ।

उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ, ऊर्जामन्त्री शक्ति बस्नेत र स्वास्थ्य मन्त्री मोहन बस्नेत पनि आइतबार भूकम्प प्रभावित जिल्ला पुगेका छन्।

त्रिपाल ११ हजार ६१ थान, ब्ल्याङ्केट एक हजार एक सय थान र स्लिपिङ्ग ब्याग एक हजार एक सय थान पठाएको गृहमन्त्री श्रेष्ठको सचिवालयले जनाएको छ।

टेन्ट सात सय थान पनि पठाइएको स्रोतले बतायो।

ताजा समाचार

Related Articles