काठमाडौं । छठ पर्वको मुख्य दिन आज साँझ अस्ताउँदो सूर्यलाई पूजा–आराधना गरी अर्घ दिइएको छ। मधेशका जिल्लाहरूमा ग्रामीण भेगदेखि शहरसम्मको जलाशयमा दुलहीझैँ सिँगारिएको घाटमा आज व्रतालुहरूले अस्ताउँदो सूर्यलाई अर्घ दिइएका हुन् ।
छठ कात्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म मनाइने सूर्यदेवको आराधना, उपासना र पूजाको पर्व हो । तराई मधेसका जिल्लाहरुमा खोला, नदी, तलाउ, पोखरीमा विशेष सजिसजाउ गरी धूमधामका साथ पूजा आराधना भइरहेको छ ।
व्रतालु पुरुष तथा महिलाहरूले खोला किनारमा पूजा गरी अस्ताउँदै गरेको सूर्यलाई आइतबार अर्घ दिएका छन् ।