बर्दिया । बर्दियामा बाघको आक्रमणबाट आज आइतबार एक महिलाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय बर्दियाका सूचना अधिकारी डीएसपी तुलसीराम अर्यालले बाघको आक्रमणमा २५ वर्षकी ममता सुनारको मृत्यु भएको जानकारी दिए ।
घाँस दाउराका लागि गएकी उनलाई आइतबार दिउँसो राजापुर नगरपालिका -१० सुकुम्बासी टोल नजिक नेपाल भारत सीमाना नजिक वनमा आक्रमण गरेको थियो ।
उक्त आक्रमण बाट गम्भीर घाइते सुनारको जिल्ला अस्पताल गुलरियामा मृत्यु भएको उनले जनाए । उनीसँगै घाँस,दाउरा गर्न गएका अन्य २ महिला बाघको आक्रमणबाट तर्सिंदा बेहोस भएका छन् । उनीहरुको राजापुरमा उपचार भईरहेको डिएसपी अर्यालले जानकारी दिए ।