भारतलाई स्तब्ध पार्दै अष्ट्रेलियाले जित्यो विश्वकपको उपाधि

काठमाडौं। अष्ट्रेलियाले घरेलु टोली भारतलाई स्तब्ध पार्दै विश्वकप क्रिकेटको उपाधि जितेको छ। अस्ट्रेलियाले आइतबार खेलिएको फाइनलमा आयोजक राष्ट्र भारतलाई ६ विकेटले हराउँदै उपाधि जितेको हो ।

अस्ट्रेलियाले छैठाैंपटक एक दिवसीय विश्वकप जितेको हो ।
अन्य कुनैपनि टोलीले दुईपटक भन्दा बढी यो प्रतियोगिता जित्न सकेका छैनन् । भारतले दिएको २४१ रनको लक्ष्य अस्ट्रेलियाले ४३ ओभरमा ४ विकेट गुमाएर पूरा गर्यो ।

अस्ट्रेलियाका लागि प्रारम्भिक ब्याट्सम्यान ट्राभिस हेडले १३७ रन बनाए । मार्कस लाबुसचाग्नीले पनि अविजित ५८ रन जोडे। यी दुईबीच १९५ रनको साझेदारी भयो ।

त्यसअघि अष्ट्रेलिया ४७ रनमा तीन विकेट गुमाएर दबाबमा आएको थियो । डेभिड वार्नर ७, स्टिभन स्मिथ ४ र मिचेल मार्स १५ रन बनाएर आउट भए । भारतका जसप्रित बुमराहले २ र मोहम्मद सामीले एक विकेट लिएका छन् । भारत तेस्रोपटक र अस्ट्रेलिया छैटौँपटक विश्वकप जित्ने प्रयाशमा रहेको छ ।

अस्ट्रेलियाले टस जितेर पहिला भारतलाई ब्याटिङ गर्ने जिम्मा दिएको थियो । भारतले निर्धारित ५० ओभरमा सबै विकेट गुमाएर २४० रन जोड्यो ।

भारतका लागि केएल राहुलले ६६ र विराट कोहलीले ५४ रन बनाएका थिए । हरेक चार वर्षमा आयोजना हुने एकदिवशीय विश्वकप अस्ट्रेलियाले यसअघि सन् १९८७, १९९९, २००३, २००७ र २०१५ मा जितेको थियो ।

ताजा समाचार

Related Articles