माओवादी र नेसपाको वार्ता समितिस्तरमा सहमति, एकता संयोजन समिति गठन गर्ने

काठमाडौँ । सत्तारुढ नेकपा माओवादी केन्द्र र नेपाल समाजवादी पार्टी (नेसपा) बीच पार्टी एकता गर्ने प्रयास स्वरुप आज आइतबार छलफल भएको छ । नेसपाको तर्फबाट बनाइएको वार्ता टोलीका संयोजक गंगानारायण श्रेष्ठ र माओवादीको तर्फबाट संयोजक कृष्णबहादुर महरा नेतृत्वको टोलीबिच वार्ता भएको हो ।

उक्त बैठकले एकताका लागि दुवै पार्टीको एकता संयोजन समिति गठन गर्ने सहमति जुटाउँदै त्यसका लागि आ–आफ्नो पार्टी केन्द्रलाई सुझाव दिने निर्णय गरेको छ ।

दुवै पार्टीले उठाइरहेका वैचारिक र नीतिगत विषयहरुमा छलफल गरी सहमतिको आधारमा अगाडि बढ्ने र पार्टीको विधान, नाम, संगठनात्मक संरचना, चुनाव चिन्ह लगायतका विषयहरुमा पार्टी एकता संयोजन समितिले सहमति गरे अनुरुप अगाडि बढ्ने गरी दुवै पार्टीलाई सुझाव दिने निर्णय भएको श्रोतले बतायो।

ताजा समाचार

Related Articles