आइडिएफले नेपाली दूतावासलाई भन्यो- विपिन जोशी हमासको नियन्त्रणमा छन्

इसराइली डिफेन्स फोर्स (आइडिएफ)ले हमासले बन्धक बनाई गजातर्फ लगेकाहरूमा नेपालका विपिन जोशी पनि रहेको जानकारी दिएको छ।

इसराइलस्थित नेपाली दूतावासले जारी गरेको विज्ञप्तिमा आइडिएफका प्रवक्ताले हमासको बन्धकमा हुनेहरूमध्ये विपिन जोशी समेत रहेको दूतावासलाई जानकारी दिएको उल्लेख छ।

‘७ अक्टोबर २०२३ मा दक्षिणी ईजरायलको किब्बुज-अलुमिम मा हमास समूहले आक्रमण गरी बन्धक बनाएर गाजातर्फ लगेकाहरु भध्येमा नेपाली विद्यार्थी श्री विपिन जोशी पनि रहेको ईजरायल डिफेन्स फोर्सका प्रवक्ताले जानकारी दिएका छन्,’ दूतावासले जारी गरेको विज्ञप्तिमा भनिएको छ।

दूतावासले जोशी हालसम्म पनि सम्पर्कविहीन रहेकाले पछिल्लो अवस्थाबारे यकिन गर्न नसकिएको बताउँदै खोजी कार्य जारी रहेको जानकारी दिएको छ।

यसअघि इसराइलले पनि विपिन जोशी हमासको नियन्त्रणमा हुनसक्ने नेपाल सरकारलाई जानकारी दिएको थियो। 

अक्टोबर ७ (असोज २० गते) हमासको आक्रमणमा परी १० नेपालीको मृत्यु भएको थियो। 

त्यसदिन हमासले इसराइलबाट २४० जनालाई बन्धक बनाएर गजा पुर्‍याएको थियो। 

ताजा समाचार

Related Articles