काठमाडाैं। नक्कली नेपाली नोटसहित दुई महिला काठमाडौंबाट पक्राउ परेका छन् । पक्राउ पर्नेहरूमा शंखरापुर नगरपालिका-७ कोलागाल डेरा गरी बस्ने सिन्धुपालचोक जलविरेकी ४९ वर्षीया सिर्जना थापा र बूढानीलकण्ठ नगरपालिका-१२ कपन डेरा गरी बस्ने ओखलढुंगा कुईवीर-४ की ४१ वर्षीया मैया कुमारी घिमिरे रहेका छन् ।
सिर्जनाको साथबाट १ हजार दरको १४० थान र कुमारीको साथबाट १ हजार दरको २१ थान नक्कली नोट बरामद भएको छ ।
उनीरूलाई काठमाडौंका विभिन्न ठाउबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ । सिर्जनालाई सोमबार राति शंखरापुर नगरपालिका-७ कोलागालबाट र मैया कुमारीलाई बूढानीलकण्ठ नगरपालिका-१२ कपन निलोमाईक्रो पार्क नजिकबाट सोमबार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
यसबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।