टिकटक प्रतिबन्धविरुद्धको रिटमा अन्तरिम आदेश दिन अस्वीकार

काठमाडौं । सर्वोच्च अदालतले टिकटक प्रतिबन्धविरुद्ध दायर रिटमा अन्तरिम आदेश दिन अस्वीकार गरेको छ । न्यायाधीश विनोद शर्माको इजलासले रिट निवेदकको माग अनुसार सरकारको निर्णय कार्यान्वयनमा रोक लगाउन अन्तरिम आदेश दिन अस्वीकार गरेको हो ।

गत २७ गते बसेकाे मन्त्रिपरिषद्को बैठकको निर्णयबाट सामाजिक सञ्जाल प्लेटफर्म टिकटक नेपालमा बन्द गर्ने निर्णय गरेको थियो ।

टिकटक बन्द गर्ने सरकारको निर्णयविरुद्ध १० जनाको रिट निवेदन परेको थियो । ती सबै निवेदनलाई सर्वोच्चले एकमुष्ट सुनवाइ गर्दै कारण देखाउ आदेश जारी गरेको हो ।

ताजा समाचार

Related Articles