माछा मार्ने क्रममा करेन्ट लागेर श्रीमान र श्रीमतीको मृत्यु

काठमाडौं । पोखरामा माछा मार्ने क्रममा करेन्ट लागेर श्रीमान र श्रीमतीको मृत्यु भएको छ ।

पोखरा महानगरपालिका-२९ पटनेरीस्थित खेतमा पानी लैजाने कुलोमा माछा मार्नका लागि करेन्ट लगाउने क्रममा मुस्ताङ जोमसोम घर भई हाल पटनेरीमा डेरा गरी बस्ने वर्ष ४६ का भीमलाल सुनार र उनकी श्रीमती ४६ वर्षीया सवित्री सुनारको सोमबार मृत्यु भएको प्रहरीले जनाएको छ ।

सुनार दम्पतीलाई करेन्ट लागेर घाइते भएको सूचनापछि इलाका प्रहरी कार्यालय शिशुवाबाट प्रहरी घटनास्थलमा पुगेको थियो ।

प्रहरीले घटनास्थलबाट दुवै जनालाई उद्धार गरी पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानअन्तर्गतको पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पुर्याइएकामा उपचारका क्रममा चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।

मृतक दम्पतीको शव परीक्षणका लागि पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा राखिएको छ ।

ताजा समाचार

Related Articles