फ्रि भीपीएन र ओपन डीएनएसबाट टिकटक नचलाउन सरकारकाे अनुरोध

काठमाडौं । सरकारले टिकटक बन्द गरेसँगै कतिपय प्रयोगकर्ताले फ्रि भीपीएन र ओपन डीएनएसबाट टिकटक चलाउन थालेसँगै सरकारले यसरी सामाजिक सञ्जाल नचलाउन अनुरोध गरेको छ ।
सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका प्रवक्ता नेत्रप्रसाद सुवेदीले आज एक विज्ञप्ति जारी गर्दै फ्रि भीपीएन र ओपन डीएनएस नचलाउन अनुरोध गरेका हुन् ।

उनले फ्रि भीपीएन र ओपन डीएनएस चलाउदा बैंक खाताबाट पैसा चोरी हुनेदेखि इमेल अकाउन्ट ह्याक हुने जोखिम रहेको जानकारी दिए ।

‘फ्रि भीपीएन र ओपन डीएनएसको प्रयोग गर्दा व्यक्तिगत डेटा चोरी हुने, मालवेयर क्रियाकलाप बढ्ने, गोपनीयता सुरक्षित नहुने, इमेल अकाउन्ट ह्याक हुने, इन्टरनेट स्पीड घट्ने, बैंक खाताबाट पैसा चारी हुने, कसैको ब्ल्याकमेलमा परिने जस्ता जोखिम बढ्ने भएकाले यस्ता नेटवर्क प्रयोग नगर्न सबैमा अनुरोध गर्दछौं,’ विज्ञप्तिमा उल्लेख छ ।

टिकटक प्रयोगमा तत्काल रोक लगाउने निर्णयको जनस्तरमा व्यापक समर्थन भइरहेको भन्दै मन्त्रालयले नागरिकको सुरक्षा र गोपनीयताको संरक्षणका लागि यस्तो निर्णय लिनु परेको समेत स्पष्ट पारेको छ ।

ताजा समाचार

Related Articles