काठमाडौं । आज साताको कारोबारको चौथो दिन बुधबार सुनचाँदी बजारमा सुनको मुल्य बढेको छ । यसदिन प्रतितोला १ लाख १६ हजार ५ सय रुपैयाँमा कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
अघिल्लो दिन मंगलबार प्रतितोला १ लाख १६ हजार २ सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज ३ सय रुपैयाँले बढेर प्रतितोला १ लाख १६ हजार ५ सय रुपैयाँमा कायम भएको महासंघले जनाएको छ ।
त्यस्तै, तेजावी सुनको मूल्य प्रतितोला १ लाख १५ हजार ९ सय ५० रुपैयाँमा कायम भएको छ भने आज चाँदीको मूल्य प्रतितोला १ हजार ४ सय ५५ रुपैयाँमा कायम भएको महासंघले जनाएको छ ।