नेदरल्याण्ड्समा नयाँ प्रधानमन्त्री चुन्न आज निर्वाचन हुँदै

एजेन्सी । नयाँ प्रधानमन्त्री चयनका लागि नेदरल्याण्ड्समा बुधबार निर्वाचन हुँदैछ । गत जुलाई महिनामा मध्य दक्षिणपन्थी प्रधानमन्त्री मार्क रुटले राजीनामा दिएसँगै नयाँ प्रधानमन्त्री चयनका लागि निर्वाचन भएको हो ।

आप्रवासन नियन्त्रणका विषयलाई लिएर सत्तारुढ गठबन्धनमा खटपट पैदा भएपछि रुटले राजीनामा दिन बाध्य भएका थिए । राजीनामा दिनुअघि रुटले डच प्रधानमन्त्रीका रुपमा १३ वर्ष जिम्मेवारी निर्वाह गरेका थिए । मत सर्वेक्षणले कुनै पनि पार्टीले स्पष्ट बहुमत ल्याउन नसक्ने देखिएको छ ।

अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले जनाएअनुसार मत सर्वेक्षणमा कुनै पनि पार्टीले २० प्रतिशतभन्दा धेरै मत प्राप्त गर्ने सम्भावना देखिएको छैन । यद्यपि मध्य वामपन्थी लेबर पार्टी र उग्र दक्षिणपन्थी पार्टी अफ फ्रिडमले अग्रता लिने सम्भावना रहेको मत सर्वेक्षणले देखाएको छ ।

ताजा समाचार

Related Articles