काठमाडौं । एमालेको भ्रातृ संगठन युवा संघले काठमाडौंको प्रदर्शनीमार्गमा राँके जुलुस निकालेको छ । आज साँझ काठमाडौंको प्रदर्शनीमार्गमा युवा संघका कार्यकर्ताले मसाल जुलुस निकालेका हुन् ।
युवा संघले बिहीबार ‘सरकार र अराजकतावादी विरूद्ध युवा-विद्यार्थीको शक्ति प्रदर्शन’ राखेको छ। उक्त कार्यक्रम युवा संघले बिहीबार तीनकुनेमा गर्दैछ।