चाबहिलमा मोटरसाइकल दुर्घटना हुँदा एकजना गम्भीर घाइते

काठमाडौं । काठमाडौंको चाबहिलमा आज बिहान मोटरसाइकल दुर्घटना हुँदा एकजना गम्भीर घाइते भएका छन् ।

चाबहिलको भत्केको पुल नजिकको ओरालोमा आज बिहान ३ बजे प्रदेश ३-०२-००७ प १३१६ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा कपन बस्ने सिन्धुपाल्चोकको त्रिपुरासुन्दरी गाउँपालिका वडानम्बर २ का २८ वर्षे ईश्वर अधिकारी घाइते भएको प्रहरीले जनाएको छ । उनको उपचार चाबहिलस्थित हेल्पिङ ह्याण्ड्स अस्पतालमा भइरहेको छ ।

अधिकारीले चलाएको मोटरसाइकल आफैं अनियन्त्रित भएर दुर्घटना भएको प्रहरीले जनाएको छ ।

यसैगरी ललितपुरको महालक्ष्मी नगरपालिका ९ लामाटारमा बुधबार बेलुकी आठ बजे साइकलको ठक्करबाट स्थानीय एकजना पैदलयात्री गम्भीर घाइते भएका छन् । घाइते हुनेमा ५६ वषर्ीय मनोहर गौतम छन् ।

उनको उपचार ग्वार्कोस्थित किस्ट अस्पतालमा भइरहेको प्रहरीले जनाएको छ ।

ताजा समाचार

Related Articles